काबुल हमलामा मारिनेमा आठजना पत्रकार


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा आठजना पत्रकार परेका छन् ।

उक्त हमलामा परी मारिनेको संख्या २९ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ ।

मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सो जानकारीअनुसार सोमबार बिहान दुई वटा आत्मघाती विस्फोट भएका थिए । ती विस्फोटमा परी आठजना पत्रकार मारिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको पहिचान खुलेको छैन । तर एकजना भने फोटो पत्रकार रहेका छन् । सोमबार बिहानको उक्त आत्मघाती विस्फोट कसले र किन गराएको भन्ने बारेमा अझै खुलेको छैन ।

अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।

मारिनेमा के कतिजना सर्वसाधारण र कतिजना अफगानिस्तानको अर्धसैन्य बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com