संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्न माग


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ।
पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले सोमबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवद्र्धन गर्ने बताए।

‘गौतमबुद्धको जन्मभूमि रहेको नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापनाका लागि महानगरपालिका सहयोग गर्न तयार छ’, उनले भने।

नेपालका लागि म्यानमारका राजदूत तिरी प्याची यु थान मे लियोनले गौतमबुद्धको जन्मस्थल नेपालमा आएर बुद्धजयन्ती मनाउन पाएकामा खुशी व्यक्त गरे। ‘आजको दिन महत्वपूर्ण दिन हो, म्यानमारका ८० प्रतिशत बुद्धधर्म मान्ने जनताले बुद्धजयन्तीलाई विशेष दिनका रुपमा लिएका छन्’, उनले भने।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन ९युनेस्को०का देशीय निर्देशक क्रिष्टियन म्यानहार्टले विश्वभर बुद्धको सन्देश फैलाउन उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्म मूर्ति, महासचिव शंकररत्न शाक्य, नेपाल बौद्ध परिषद्का अध्यक्ष महिश्वरराज बज्राचार्यलगायतले बुद्धको जन्म नेपालमा भएको भन्दै बुद्ध जयन्तीलाई एक दिनमात्र मनाएर नपुग्ने बताए।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्वभर बुद्धजयन्ती मनाउने निर्णय गरेसँगै युएनको नेपालस्थित कार्यालयमा पनि सन् २००२ देखि बुद्ध जयन्ती मनाउन शुरु गरिएको हो। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com