नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मसालले निकाल्यो विज्ञप्ति


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

India’s Prime Minister Narendra Modi is seen at the G20 summit in Hamburg, Germany July 7, 2017. REUTERS/Wolfgang Rattay

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकालेर नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुने बताएका हुन् । नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दबाब दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप लगाउँदै उनले मोदी कुनै पनि अवस्थामा नेपालका मित्र नभएको बताएका छन् ।

‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’ उनले भनेका छन्, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’

विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेको मसालको ठहर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com