मोदी जस्तै देखिने रामचन्द्रन अब फिल्म खेल्दै


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, एजेन्सी । भारतको केरलमा बस्ने एमपी रामचन्द्रन गत वर्ष एकाएक चर्चामा आएका थिए । पायनूर रेलवे स्टेशनमा रेल कुरिरहेका उनको तस्बिर एकाएक भाइरल भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै देखिने उनले चाँडै नै फिल्म खेल्ने भएपछि पुनः चर्चामा छाएका छन् । नोटबन्दीमाथि बन्न लागेको फिल्म स्टेटमेन्ट ८र११ मा उनी मोदीको भूमिकामा देखिने भएका छन् ।

फर्स्टपोष्टका अनुसार उक्त फिल्ममा रामचन्द्रनको तीन÷चार वटा सीन भएको बताइएको छ । तीमध्ये एउटा नोटबन्दीको घोषणाको हुनेछ ।

स्टेटमेन्ट ८र११ एक कन्नड फिल्म हो जसलाई अप्पी प्रसादले निर्देशन गरिरकेका छन् । स्मरण रहोस्, कर्नाटकमा विधानसभाको चुनाव नजिकिँदो छ । यस्तोमा यदि यो फिल्म चुनाव अगावै रिलिज भए त्यसले नोटबन्दीको विषयमा विपक्षी पार्टीलाई एकपटक पुनः मुद्दा बनाउने मौका हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com