संसारको पहिलो राबोर्ट जुन ६० सेकेन्डभित्र स्पोर्टस् कारमा परिवर्तन हुन्छ (भिडियो)


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

जापानका इन्जिनियर्सले रियल लाइफ ट्रान्सफर्मर बनाउन सफलता हाँसिल गरेका छन् । गत बुधबार सार्वजनिक गरिएको ३.७ मिटर अग्लो यो रोबोट ६० सेकेन्डभित्र स्पोर्टस् कारमा परिवर्तन हुन्छ ।

दुईजना बस्न मिल्ने यो कारलाई जे–डेइट राइड नाम दिइएको छ । यद्यपी, निलो र सेतो रङको यो रोबोटले एक घण्टामा सय मिटरमात्र चल्न सक्छ ।

ब्रेव रोबोटिक्स कम्पनीका मुख्य कार्यकारी अधिकारी केनजी शिडाले बाल्यकालका फिल्मी हिरो ट्रान्सफरमरबाट प्रभावित भएर त्योजस्तै रोबोट बनाएको बताएका छन् ।

‘रोबोटमा त्यस्तो क्षमता हुनुपर्छ भन्ने धारणा बाल्यकालदेखि नै ममा थियो । यो रोबोट बनाउन मलाई यस्तै धारणाले सहयोग गर्यो, ’ शिडाले रोयटर्स टेलिभिजनलाई भने ।

यो रोबोट मनोरञ्जन उद्योगको हिस्सा बन्नेछ ।

यो प्रोजेक्टमाथि सन् २०१३ देखि नै काम थालिएको थियो । सुरुमा ३.५ फिटको रोबो कार बनाइयो । यो प्रोजेक्टको डेडलाइन सन् २०२० थियो ।

स्रोतका अनुसार यो रोबोट चार पाङ्ग्राबाट ३० किलोमिटर प्रति घण्टाको गतिमा चल्नसक्छ जबकी रोबोटले एक घण्टामा सय मिटरको यात्रा गर्ने गर्दछ । विशेष कुरा के छ भने यो कारलाई रिमोट र ड्राइभिङ सीटमार्फत नियन्त्रण गर्न सकिन्छ ।

यो रोबोटलाई फ्याक्ट्री बाहिर कहिले पनि परिक्षण नगरिएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com