भारत सरकारले बेच्यो दिल्लीको लालकिल्ला


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

भारतको ऐतिहासिक धरोहर हात पार्ने डालमिया भारत ग्रुप पहिलो व्यापारी घराना बनेको छ। ७७ वर्ष पुरानो डालमिया भारत ग्रुपले आगामी पाँच वर्षसम्मको लागि २५ करोड भारतीय रुपैयाँमा लाल किल्लाको रेखदेखको जिम्मा लिएको बिजनेस स्ट्याण्डरलाई उद्धृद गर्दै बीबीसी हिन्दीले जनाएको छ।

लाल किल्ला मुगल बादशाह शाहजहाँले १७औँ सताब्दीमा निमार्ण गरेका हुन्। अंग्रेजले भारत छोडेपछि, स्वतन्त्र दिवसको अवसरमा लाल किल्लाबाट हरेक वर्षको १५ अगस्तमा भारतीय प्रधानमन्त्रीले झण्डा फहराएसँग देशभर स्वतन्त्रताको उत्सव मनाउने गरिन्छ।

डालमिया ग्रुपले नरेन्द्र मोदी सरकारको ‘अड्प्ट ए हेरिटेज’ नीति अनुसार लालकिल्लालाई आफ्नो जिम्मामा लिएको हो। यसलाई आफ्नो हात पार्नका लागि इंडिगो एयरलाइन्स र जीएमआर ग्रुप जस्ता ठूला कम्पनीहरूले टेण्डर भरेका थिए। तर, डालमिया भारत ग्रुपले उनीहरूलाई पछि पार्दै पाँच वर्षे कन्ट्याक्टमा ऐतिहासिक धरोहर लाल किल्ला आफ्नो हात पारेको हो।

डालमियालार्इ लाल किल्लाको जिम्मा दिने निर्णय गरे लगत्तै भारतमा मोदी सरकारको विरोध भएको छ। एेतिहासिक धरोहर निजी कम्पनीलार्इ बेचेको भन्दै माेदी सरकारको विरोध भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com