चीन पुगेर मोदीले खेले खतरनाक खेल


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

भारतले चीनको तिब्बतसँग सीमामा थप ९६ ओटा सुरक्षा चौकी थप्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान सहरमा अनौपचारिक वार्ता गरिरहँदा भारतले सीमा चौकी थप्ने प्रक्रिया अघि बढाएको हो ।

भारतको सीमा सुरक्षा सुरक्षा बल ‘इन्डो–तिब्बत बोर्डर पुलिस’ ले सीमानामा ती चौकी थप्ने विषयमा भारतीय गृहमन्त्रालयले विदेश तथा रक्षा मन्त्रालयसँग छलफल गरिरहेको र त्यसलाई चाँडै नै अनुमति दिइने पनि स्रोतलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।

ती चौकीले भारतीय सुरक्षा दस्ताका लागि आपूर्ति सहज बनाउनुका साथै चिनियाँ सेनाको अतिक्रमणलाई रोक्न पनि सहयोग पुग्ने सो पत्रिकाले जनाएको छ ।

यो भारतको आन्तरिक योजना भएको र आफूहरुले चीनसँग द्वन्द्व नचाहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

यी चौकी थपिएपछि भारत–चीन सीमामा ‘इन्डो–तिब्बत बोर्डर पुलिस’ को चौकी संख्या २७२ पुग्नेछ । यसका लागि आइटिबिपीले ९ बटालियन फौज थप गर्ने समेत जनाइएको छ ।

सी–मोदी वार्तामा पनि सीमामा शान्ति कायम गर्ने विषयले मुख्य स्थान पाएको छ । दुवै नेता आआफ्नो सेनालाई रणनीतिक मार्गनिर्देशन दिन सहमत भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com