ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ ।

फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।

फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।

उहाँलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।

फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com