मानव इतिहासमै बालबालिकाको सबैभन्दा ठूलो बलि दिइएको आशंका


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

पुरातत्वविद्हरूले उत्खननका क्रममा पेरुमा भेटिएको प्रमाण अनुसार मानव इतिहासमै त्यहाँ बालबालिकाको सबैभन्दा ठूलो बलि दिइएको हुन सक्ने बताएका छन्।

उनीहरूका अनुसार करिब साढे पाँच सय वर्ष पहिले पेरुको उत्तरी तटीय क्षेत्रमा झण्डै एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ।

प्राचीन चिमु सभ्यताको केन्द्र नजिकै पर्ने आधुनिक पेरुको ट्रुकिलियोमा त्यस्तो तथ्य फेला परेको हो।

एउटै घटनामा बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडा जस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्हरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपेक्षा
न्याशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको अनुसन्धानको नतिजा पहिलो पटक न्याशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको हो।

एकजना प्रमुख अनुसन्धानकर्ता जोन भेरानोले भनेका छन्, “मैले चाहिँ यस्तो हुन सक्ने अपेक्षा गरेको थिइनँ र मलाई लाग्छ अरू कसैले पनि यस्तो सोचेको हुन सक्दैन।”

३,५०० वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा सन् २०११ मा पहिलो पटक नरबलि दिइएको ह्वान्चाकिटो लास् लामास् भन्ने ठाउँबाट ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाहरूको अवशेष फेला पारिएको थियो।

यसै हप्ता घोषणा गरिएअनुसार पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ।

उनीहरूमध्ये अधिकांश आठदेखि १२ वर्षको बीचको भएको न्याशनल जियोग्राफिकले जनाएको छ।

ती बालबालिकाहरू नरबलिको शिकार भएको कुरा छातीको बीचको हड्डीसहित अन्य हड्डीमा देखिएको खतबाट थाहा हुन्छ।

सभ्यता
धेरै करङहरूमा पनि क्षति पुगेको देखिन्छ, जसले पीडितहरूको मुटु झिकिएको हुन सक्नेतर्फ संकेत गर्छ।

बलि दिइएका जनावरहरू १८ महिनाभन्दा कम उमेरको भएको देखिएको छ।

अर्का प्रमुख अनुसन्धानकर्ता ग्याब्रिएल प्रिएटोले भने, “जब मान्छेहरू यो घटना र त्यसको स्तरबारे सुन्छन्, सबैभन्दा पहिला उनीहरू त्यो किन भएको होला भन्ने सोध्छन्।”

त्यहाँ भेटिएका कपडाका अवशेषको कार्बन डेटिङ विधिबाट निर्धारण गर्दा उक्त घटना सन् १४०० देखि १४५० को अवधितिर भएको देखिन्छ।

चन्द्रमाको पूजा गर्ने चिमुहरूमाथि त्यसको केही दशकपछि इङ्का सभ्यताले विजय हासिल गरेको थियो।

त्यसको करिब ५० वर्षपछि स्पेनीहरू दक्षिण अमेरिका पुगे र इङ्कामाथि विजय हासिल गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com