कोरियन युद्ध अन्त्य गर्न किम र मुन सहमत


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन्।

सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो।

शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मुनले शान्तिको नयाँ युग सुरू भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाली शासक किम जोङ उनले दुबै देशका नागरिक उही रगत भएका उस्तै मानिस भएको उल्लेख गर्दै मिलेर बस्नु पर्ने बताए।

शिखर वार्तापछि ९ बुँदे पान्मुनजेओम घोषणा जारी गरिएको छ।

घोषणा बुँदा यस्ता छन्:

१‍. सन् १९५३ युद्धविरामपछि रोकिएको युद्ध यही वर्ष अन्त्यमा भएको घोषणा गर्न सहमत भएका छन्।

२‍. दुबै कोरियाले आणविक निशस्त्रीकरणलाई संयुक्त लक्ष्य बनाएर कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न सहकार्य गर्नेछन्।

३.यही वर्षको हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नेछन्।

४‍. जमिन, समुद्र र आकाशमा भइरहेका द्वेषपूर्ण कार्यहरू बन्द गर्न पनि दुई कोरिया सहमत भएका छन्।

५.मे १ देखि दुबै कोरियाले सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्नेछन्।

६. उत्तर कोरियाको गाइसियोङमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्नेछन्।

७. आउने अगस्ट १५ मा दुबै कोरियाले १९५० देखि १९५३ सम्म चलेको युद्धका कारण बिछोडिएका परिवारको पुनर्मिलन आयोजना गर्ने।

८. पूर्वी तटमा अन्तर-कोरियाली रेल सञ्जाल पुन: सञ्चालन गर्न दुबै कोरिया सहमत भएका छन्।

९. सन् २०१८ को एसियन गेम्समा दुबै कोरिया संयुक्त रूपमा सहभागी हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com