मोदी–जिनपिङ भेट, तनावपछि न्यानोपनको संकेत


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, बीबीसी । चीनका राष्ट्रपति शी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच वुहानमा शुक्रबार अनौपचारिक वार्ता हुन गइरहेको छ । प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच हुने अनौपचारिक वार्ताले दुवै देशबीच सम्बन्धमा सुधारलाई दर्शाउँछ ।

गत वर्ष भारत र चीनले पछिल्लो तीन दशकका दौरान आ–आफ्नो सबैभन्दा गम्भीर सीमा संकटको सामना गरेका थिए । भारत र चीन दुवैले आ–आफ्नो सेना भुटानको डोकलाममा आमुन्ने–सामुन्ने उभ्याएपछि त्यो बेला चीनको सरकारी सञ्चारमाध्यम झण्डै–झण्डै हरेक दिन युद्धको खतरा रहेको बताउने गर्दथ्यो ।

तनावग्रस्त समयको सामना गरेका दुवै मुलुकका प्रमुखहरुबीच आठ महिनापछि अनौपचारिक बैठक हुने कसैले कल्पनासम्म गरेका थिएनन् । तर चीनको वुहान सहरमा मोदी र जिनपिङबीच भेटवार्ता हुन गइरहेको छ ।

अचानक तय भएको होइन बैठक
यो बैठकको आयोजना अचानक भने भएको होइन । अगस्टमा सीमा विवाद मत्थर भएपछि रूस, ब्राजील र दक्षिण अफ्रीकाका साथ सेप्टेम्बरमा भएको ब्रिक्स सम्मेलनका दौरान मोदी र जिनपिङको भेट भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि भारतका विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेश मन्त्री र रक्षा मन्त्री एक एक गरेर चीनको उच्चस्तरीय भ्रमणमा गएका थिए ।

उनीहरुले आ–आफ्नो भ्रमणका दौरान दुबै मुलुकबीच फेरि मित्रताको प्रयास गरेका थिए । फेब्रुअरीमा भारत सरकारले एक निजी पत्र पठाएको थियो । उक्त पत्रमा भारतीय अधिकारीहरुलाई तिब्बतबाट दलाई लामाको निर्वासनका ६० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी नहुन आदेश दिइएको उल्लेख थियो ।

मोदीले दिए जिनपिङलाई बधाई
चीन दलाई लामालाई अलगाववादी मान्दै विदेशी नेताहरुलाई उनीसँग दूरी बनाई राख्न सल्लाह दिँदै लामालाई अलग–अलग गर्ने प्रयास गर्दै आएको छ ।

मार्चमा मोदीले जिनपिङ दोस्रो पटक राष्ट्रपति बनेपछि बधाई दिँदै आफूलाई जिनपिङले पूरै देशको समर्थन हासिल गरेको आभाष भएको उल्लेख गरेका थिए ।

हालै चीनले यसको सकारात्मक जवाफ पनि दिएको छ । चीनले आफ्नो मुलुकबाट भारत बग्ने नदीहरुमा ‘हाइड्रोलोजिकल डेटा’ पुनः भारतसँग साझा गर्न शुरु गर्ने बताउँदै संयुक्त सैन्य अभ्यासका लागि संकेत गरेको छ । चीनले गत वर्ष भारतसँगको तनावका दौरान यी दुवै गतिविधिहरु रोक्का गरिदिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com