रेलले स्कूल भ्यानलाई ठक्कर दिँदा १३ बालबालिकाको मृत्यु


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, एजेन्सी, भारतको उत्तरप्रदेशको कुशीनगरमा बिहिबार एक रेलवे क्रसिङमा रेल र स्कूल भ्यान ठोक्किँदा १३ बालबालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

स्रोतका अनुसार डिभाइन पब्लिक स्कूलको भ्यानमा १० वर्ष मुनीका बालबालिकासहित २५ जना सवार थिए । उक्त भ्यान सीवानबाट गोरखपुर जाँदै गरेको रेलसँग ठोक्किएको हो । मानवरहित रेलवे क्रसिङ पार गर्ने बेला उक्त दुर्घटना भएको बताइएको छ ।

पूर्वोत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी संजय यादवले भ्यान रेलवे क्रसिङमा बन्द भएका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘ भ्यान ड्राइभरले रेलवे क्रसिङलाई पार गर्ने क्रममा उनलाई रोक्ने कोसिस गर्दा रोकिएनन् । सायद भ्यान रेलवे क्रसिङमा बन्द भयो जसका कारण यो दुर्घटना भयो ।’

यूपीका एडीजी ९ल एण्ड अर्डर० आनन्द कुमारले दुर्घटना ड्राइभरको लापरवाहीका कारण भएको बताएका छन् । उनले दुर्घटनामा १३ बालबालिकाको मृत्यु भएको उनले पुष्टि गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक बालबालिकाको परिवारलाई दुई लाख क्षतीपूर्ती दिने आदेश दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com