धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो ।

ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न रहेको भनी दिएको फैसलाको एक बर्ष नपुग्दै भारतीय अर्को अदालतले आशारामलाई पनि दोषी ठहर गरेको छ ।
आशारामसँगै उक्त मुद्दामा आरोपित चार जनामध्ये दुई सहयोगी सिल्पी र शरदलाई पनि उक्त घटनामा अदालतले दोषी ठहर गरेको छ भने अन्य दुईजना प्रकाश र शिवलाई निर्दोष भनी सफाई दिएको छ ।

विशेष अदालतको फैसला अनुसार आशारामले न्युनतम १० बर्षको जेल सजाय भोग्नुपर्नेछ ।
साबरमती नदी किनारमा एउटा कुटीबाट आफ्नो धार्मिक अभियानलाई शुरु गरेका आशारामका विश्वभर ४०० आश्रम र करिब दश हजार करोड धार्मिक अनुयायी रहेको आशाराममार्गीहरूको दावी छ ।
यसैबीच अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उहाँलाई गिरफ्तार गरिएको थियो । उक्त समयमा सो नाटकीय घटनाक्रमलाई अविश्वास गर्दै उहाँका समर्थकले प्रदर्शनहरू गरेका थिए ।
पिडित बालिकाको परिवारको आशारामप्रति ठूलो भक्ति रहेको र उनले आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन् । (रासस÷पिटीआई)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com