चीनको रेस्टुरेन्टमा आगो लाग्दा १८ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, चीन । चीनको दक्षिणी शहर यिङ्देमा रहेको एक रेस्टुरेन्टमा आगजनी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार मध्यराति लागेको आगो करिब १ बजे बिहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ।

यसैबीच रेस्टुरेन्टमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ३२ वर्षीय लिउ चुन्लुले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले बताएको छ।

ुआगलागी हुनुभन्दा पहिले लिउले मदिरा सेवन गरेको र झगडामा संलग्न भएको स्वीकारे पनि उनले नै आगो लगाएका थिए कि थिएनन् भन्नेबारे थप अनुसन्धान अघि बढाइएको छ।ु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीबाट रेस्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ। रासस सिन्ह्वा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com