बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीनजना घाइते


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख १०, वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।

अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ।

आक्रमणकारीलाई घटनास्थलसम्म पुर्‍याएको गाडी २९ बर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उसको संलग्नता भएको आशङ्कामा उक्त व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ।

तर घटनाबारे जानकारी गराउँदै वाफल हाउस, ३५७१ मफरिसबोरो पाइकमा परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले विहानै ३ः२५ बजे गोली चलाउँदा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणकारीको हतियार रेष्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि उक्त व्यक्ति खाली खुट्टा भागेको बताइएको छ। राससरसिन्ह्वा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com