विश्वकै ज्येष्ठ वृद्धा रहिनन्


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

वैशाख ९, विश्वकै सबैभन्दा बढी उमेरकी वृद्धाको निधन भएको छ। शनिबार जापानकी ११७ वर्षीया महिला नाबी तजिमाको निधन भएको जापानी सञ्चार माध्यमले जनाएका छन्। उनको आफ्नै घर किकाइमा निधन भएको जनाइएको छ। उनको निधनपछि जापानकी अर्की महिला ११६ वर्षीया चियो योसहिदा विश्वकै वृद्धा महिला भएकी छन्। विश्वमा धेरै उमेरसम्म बाँच्ने मानिसहरुको सूचीमा जापान पहिलो नम्बरमा रहेको एक अध्ययनले देखाएको छ। हाल जापानमा १०० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको संख्या ६८ हजार रहेको जापानी सरकारको तथ्यांकमा छ। एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com