हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो । यो सम्पूर्ण विश्व समुदायको चाहाना थियो ।”

“यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिनेछ, ” यूले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण कोरियाले अन्तर कोरियाली शिखर सम्मेलनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण र स्थायी शान्ति स्थापना गराउनका लागि सक्दो प्रयास गर्नेछ, उहाँले भन्नुभयो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयको यो भनाई उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणापछि आएको हो ।

पार्टीको बैठक शुक्रबार भएको थियो तर बैठकको निर्णयलाई कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार बाहिर ल्याएको हो । उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणा शुक्रबार गर्नुभएको थियो ।

पार्टीको शुक्रबार बसेको बैठकका अवसरमा नेता किमले उक्त घोषणा गर्नुभएको कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

किमको घोषणा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग कोरियाली सीमाक्षेत्रमा रहेको पानमुनजोम गाउँमा हुँने पहिलो शिखर सम्मेलनको समयभन्दा ठीक एक हप्ता अगाडी आएको छ । (रासस÷सिन्ह्वा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com