भारतमा जबर्जस्ती करणी मुद्दामा फाँसीको सजाय हुने कानुन ल्याउने तयारी


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

वैशाख ८, नयाँ दिल्ली भारतको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले १२ वर्षमुनिका
बालिकामाथि हुने बलात्कार मुद्दाका दोषीलाई फाँसीको सजाय दिइनेसम्बन्धी अध्यादेश पारित गरेको छ।

अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि अदालतले यस प्रकारको बलात्कार प्रकरणका दोषीलाई मृत्युदण्डको सजाय सुनाउन सक्नेछ। बलात्कारका घटना बढिरहँदा दोषीलाई कठोर सजाय हुनुपर्ने भाग भारतभरि उठिरहेका बेला सरकारले दोषी विरुद्ध हदैसम्मको कारबाही गर्नेगरी कानुन संशोधन गरेको हो।

मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश अब राष्ट्रपतिसमक्ष पठाइनेछ।

एक साताअघि केन्द्रीय महिला एवं बाल विकासमन्त्री मेनका गान्धीले सरकारले बाल यौन उत्पीडन संरक्षण कानुनमा संशोधन गर्ने बताएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधिकारिक सूत्रका अनुसार, आपराधिक कानुनमा संशोधन सम्बन्धी उक्त अध्यादेश मार्फत भारतीय दण्ड संहिता, साक्ष्य कानुन, आपराधिक प्रक्रिया संहिता र लैंगिक अपराधबाट बालबालिकालाई संरक्षण गर्ने कानुन ९पोक्सो एक्ट० मा नयाँ प्रावधान ल्याइनेछ, जसले यी प्रकरणमा दोषी साबित भएमा मृत्युदण्डको सजाय सुनाउन सकिनेछ।

हालै जम्मू कश्मीरको कठुआमा आठ वर्षीया बालिका र गुजरातको सूरत भन्ने ठाउँमा अर्की बालिकाको बलात्कार गरी हत्या गरिएको थियो। उत्तर प्रदेशको उन्नावमा पनि एक बालिकामाथि बलात्कार भएको सार्वजनिक भएको थियो। कठुआ र उन्नावको घटनाबारे भारतभरि विरोध भएको थियो। प्रदर्शनमा पोक्सो एक्टमा कडा प्रावधान लागू गर्न माग गरिएको थियो। बीबीसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com