चीनमा पूर्वानुमान गरिए भन्दा बढी आर्थिक वृद्धि


प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार

चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो।

हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ।

तथ्यांकहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई बलियो उपभोक्ता मागले साथ दिइरहेको देखाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभाव
तर चीनको अर्थतन्त्रलाई मुख्य रुपमा बढ्दो ऋणको अनुपातले असर पार्ने ठानिएको छ।

चीनको सरकार बढ्दो ऋणलाई नियन्त्रण गर्ने र वृद्धिलाई बाधा नपुग्ने गरी घर जग्गा व्यवसायमा बढेको उच्च मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

सिंगापुरस्थित नोर्डिआ ब्याङ्कका चीन अर्थविद् एमी झुहाङले पहिलो चौमासिकको वृद्धिदरलाई ‘ठोस उपलब्धि’ भन्दै घर जग्गा व्यवसायका कारण पछिल्लो सकारात्मक अवस्था विस्तारै कमजोर हुनसक्ने उल्लेख गरिन्।

आफ्नो प्रमुख व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकासँग निर्यातको विषयलाई लिएर चुलिदो तनावका माझ चिनियाँ अर्थतन्त्रको पछिल्लो आँकडा आएको हो।

अमेरिकाले प्रस्ताव गरेका कर वृद्धिका कारण सन् २०१८ मा चिनियाँ अर्थतन्त्रमा कस्तो प्रभाव पर्नेछ भनेर नजिकबाट नियालिने विश्लेषकहरू बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com