राष्ट्रपति पदका लागि नैतिक रूपमा ट्रम्प अयोग्य


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रूपमा योग्य नभएको बताएका छन्।

एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामग्री भएको हुनसक्ने बताए।

उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रूपमा रहेको उल्लेख गरेका छन्।

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धारणा
कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रूपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे।

अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन्।

उनले ट्रम्पका लागि साँचो कुराले खासै महत्त्व नराख्ने टिप्पणी गरे।

उक्त अन्तर्वार्ता प्रसारण हुनुभन्दा घण्टौं अघि कोमीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले उनले ‘धरै ढाँटेको’ उल्लेख गरेका थिए।

उनले भने, “हाम्रा राष्ट्रपतिले यो देशका आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ। सबै भन्दा मूल कुरा सत्य हो। तर राष्ट्रपतिले त्यसो गर्न सकिरहनुभएको छैन।”

आत्मकथा
ट्रम्प र कोमीबीच लामो समय यता द्वन्द्व चलिरहेको छ।

कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद अझ चुलिएको छ।

एफबीआईका पूर्वप्रमुख हाल आफ्नो पुस्तकको प्रचार प्रसारमा व्यस्त छन्।

ट्रम्पले ‘नराम्ररी समीक्षा गरिएको पुस्तक’ले ठूला सवालहरू खडा गर्ने बताएका छन्।

त्यसबाहेक उनले कोमीलाई थुनामा राखिनुपर्ने पनि धारणा राखेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com