चीन: आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा


प्रकाशित मिति : चैत्र २९, २०७४ बिहीबार

चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ।

बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए।

लाओकी ‘सरोगेट’ आमामार्फत् यी बालकको जन्म गत डिसेम्बरमा भएको थियो। यसबारे ‘द बेइजिङ न्यूज’ले समाचार यही साता प्रकाशित गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमाले सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको छ।

दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो।

कानुनी लडाइँले ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए।

समाचारहरूका अनुसार उनीहरूले आफ्ना सन्तानको भण्डारण गरिएका भ्रूणहरू लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुनै नजिर थिएन।

आफ्नो वंशले निरन्तरता पाउने भयो भनेर उनीहरू उत्साहित छन्।

अन्तत: उनीहरूलाई आफ्ना सन्तानको भ्रूणको अधिकार दिइयो। तर त्यसलगत्तै अर्को समस्या आइलाग्यो।

नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि त्यसैगरी भ्रूणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण भए मात्रै उनीहरूलाई लैजान दिइने बतायो।

महिलाको कोखमा प्रत्यारोपण गर्न बाँकी भ्रूणबारे यस्तो कानुनी अन्योल कायम रहँदा चीनमा यस्तै अर्को अस्पताल खोज्न निकै कठिन भयो।

चीनमा सरोगेसी गैरकानुनी भएकोले एउटै यथार्थपरक विकल्प भनेको देशबाहिर खोज्नु थियो।

अन्तत: मृत दम्पति भविष्यका बा हजुरबुवा हजुरआमाले व्यापारिक सरोगेसी कानुनी रूपमा सञ्चालन हुने लाओस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थाको सम्पर्कमा पुगे।

कुनै पनि एयरलाइनले तरल नाइट्रोजनको थर्मो आकारको बोतललाई लैजान नमानेपछि कारले कार्गो गर्‍यो।

लाओमा उक्त भ्रूणलई सरोगेट आमाको कोखमा प्रत्यारोपण गरियो र सन् २०१७ को डिसेम्बरमा एक बालक जन्मिए।

‘टियन्टियन्’ नाम दिइएका बालकको नागरिकताबारे जटिलता आउनसक्छ।

किनभने उनी लाओमा नभएर एउटा साधारण पर्यटक भिसामा सरोगेट आमा चीनमा भएका बेला जन्मिएका थिए।

पितृत्वको प्रमाण दिन अभिभावकहरू छैनन्।

चारै जना बाजेबजैले उनलाई रगत दिनुपरेको थियो। त्यो बच्चा आफ्नै नाति भएको र उनका बाबुआमा दुवै चिनियाँ नागरिक थिए भनेर उनीहरूले डीएनए परीक्षण गराएका थिए।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com