कोठा नपाएपछि लाइब्रेरीमा रात बिताउँदै अष्ट्रेलियामा नेपाली विद्यार्थी


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

हेमन्त काफ्ले

अस्ट्रेलियाको पर्यटकीय नगरी पोर्ट मक्वारीको चार्ल्स स्टुर्वाट विश्वविद्यालयमा उच्च अध्यनका लागि आएका दुई नेपाली विद्यार्थीसहित अन्य केही लाइब्रेरीमा रात बिताउन थालेपछि कलेज प्रशासनले नियन्त्रणमा लिएको छ।

एक सातादेखि विश्वविद्यालयको २४ घन्टै खुल्ने लाइब्रेरीमा केही नेपाली विद्यार्थी सुतिरहेको पाइए पछि अहिले यो समाचार अस्ट्रेलियन मिडियामासमेत छाएको छ।

‘सिड्नीबाट करिब तीन सय किलोमिटरको दूरीमा रहेको पर्यटकीय शहरमा हामीले कोठा खोज्ने निकै प्रयत्न गर्‍यौ, तर पाइन मुश्कील,’ एक नेपाली विद्यार्थीले भने, ‘केही साता होटल र स्लिपिङ ब्यागमा पनि सुतियो केही नलागेपछि सुरक्षित स्थान विश्वविद्यालयकै २४ घन्टा खुल्ने लाइब्रेरीमा गयौ।’

भर्खरै नयाँ आएका विद्यार्थीका लागि आफ्नो मान्छे नहुँदा यहाँ निकै कठीन पर्ने रहेछ भन्दै उनले विद्यार्थीका लागि कोठा पहिलो प्राथमिकता रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले धेरै ठाउँमा कोठाका लागि आवेदन दियौं तर विद्यार्थीका लागि कोठा पाउन निकै मुस्कील हुँदो रहेछ। त्यसैले हामीले अर्को उपाय नलागेपछि लाइब्रेरीमा रात बिताउने गरेका हौ,’ अस्ट्रेलियाको एबीसी टेलिभिजनसँगको कुराकानीमा एक नेपाली विद्यार्थीले भने।

केही  विद्यार्थीहरू पढाइका लागि दुई दिन ब्यागप्याकरमा बस्ने र बाँकी दिन सिड्नी ओहोर दोहोर गर्नेसमेत बाध्यता रहेको उनले सुनाए। आफ्नो नातेदार भएका कारण आफू निकै भाग्यमानी भएको अर्की नेपाली विद्यार्थीले एबीसी टेलिभिजनसँग बताइन्।

काउन्सिल अफ इन्टरनेशल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले सबैको अनुगमन गर्ने निकाय रहे पनि शैक्षिक परामर्शदाताको अनुगमन गर्ने निकाय नुहुँदा केही विद्यार्थीहरू गलत सल्लाहमा कठिन स्थानमा पुगेको बताउँछन्। ‘नयाँ विद्यार्थीहरू धेरै सपना बुनेर आउँछन् तर यहाँ आएपछि बाध्यताको शिकार हुन्छन्। शैक्षिक परामर्शदाताहरू मध्ये केहीले शैक्षिक उद्योगलाई कमाउ धन्दामा बढी ध्यान दिएका कारण विद्यार्थीहरू दुःख पाउँछन्,’ सापकोटाले भने।

सापकोटाले यस विषयमा बिहान मात्र शिक्षा मन्त्रीसँग आफ्नो कुरा भएको र विश्वविद्यालयले सहज रुपमा विद्यार्थी राख्ने होस्टेल सन्चालन गर्नुपर्ने कुरामा आफूले जोड दिएको बताए। ‘यो विषय मिडियामा बाहिर आएपछि विश्वविद्यालय र विद्यार्थीमाथिसमेत छानबिन भैरहेको छ,’ उनले भने, ‘यसमा विद्यार्थीको कुनै गल्ती छैन।’

विदेशमा उच्च अध्यनमा आउने नाममा दिनहुँ सयौं विद्यार्थीहरू विदेशिदै गर्दा सम्वन्धित स्थान र विश्वविद्यालयले आइपर्ने समस्याका बारेमा स्पष्ट जानकारी नपाउँदा विद्यार्थीले यस्तो समस्या बहोर्नु परेको सापकोटाले सेतोपाटीलाई बताए।

Setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com