अमेरिकासँग छलफल गर्न उत्तर कोरिया तयार


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

मे महिनामा हुने अमेरिका र उत्तर कोरियाबीचको वार्तामा आफ्नो आणविक हतियार भण्डारणबारे छलफल गर्न उत्तर कोरिया तयार भएको छ। आगमी मे महिनामा तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनले पहिलोपटक प्रत्यक्ष वार्ता गर्दैछन्।

दुई नेताबीच औपचारिक वार्तामा हुनुअघि दुवै पक्षबीच पटक–पटक गोप्य वार्ता हुँदै आएको ट्रम्प प्रशासन स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।  वार्ता तेस्रो देशमा हुने जनाइएको छ। तर उत्तर कोरियाले राजधानी प्योङयाङ्गमा वार्ता गर्न दबाब दिइरहेको बताइएको छ।

उत्तरले त्यसको बिकल्पमा मंगोलियाको राजधानी उलनबटोरलाई प्रस्तावसमेत गरेको छ। उत्तर कोरियाले दक्षिण कोरियासँग निःशस्त्रीकरणका विषयमा छलफल गर्ने जानकारी दिइसकेको भए पनि वासिङ्गटनलाई भने पहिलो पटक निःशस्त्रीकरणको दिशामा अघि बढ्ने जानकारी दिएको उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com