संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बहुविवाह गर्ने पुरुषलाई घर भत्ता दिने नयाँ कानुनको घोषणा गरेको छ । युएईमा महिलाहरूको जनसंख्या बढ्दै गएपछि पुरुषले बहुविवाह नगरे विवाह गर्ने पुरुष फेला पार्न कठिन हुँदै जाने कुरा खलिज टाइम्सले जनाएको छ ।
यस्तो अवस्थामा विकास मन्त्रीले कुनै पुरुषले बहुविवाह गर्छ भने उसलाई सरकारले बनाएको घरमा बस्न दिने घोषणा गरेका हुन् । युएई सरकारले एक जनासँग विवाह गर्नेलाई पनि घर भत्ताको सुविधा दिँदै आएको थियो भने दोस्रो विवाह गर्दा कान्छी श्रीमतीलाई कहाँ राख्ने भन्ने द्विविधा नहोस् भनेर प्रोत्साहन स्वरूप यो निर्णय गरिएको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।