सगरमाथाको देश अब सागरसँग पनि जोडिन्छ : मोदी


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने  विषयमा सहमति भएको उल्लेख गरे।

‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’

मोदीले काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गका विषयमा दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओलीजी सम्वृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ। यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे हामीले छलफल गर्यौं’ मोदीले भने।

Source : Setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com