सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको उच्च अदालतले गर्यो सरुवा


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

चैत २४ – राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको जमानत अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश रवीन्द्रकुमार जोशीको पनि सरुवा भएको छ । सलमानले जमानतका लागि दिएको अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीको सरुवा भएपछि अब सुनुवाईमा ढिलाई हुन सक्ने सम्भावना रहेको छ । यसअघि शनिबार जोशीले सलमानको जमानतबारे फैसला गर्ने सुनाउने सम्भावना रहेको थियो ।

सलमानको जमानतका बारेमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीलाई जोधपुरको सिरोहमा सरुवा गरिएको छ । उनको ठाउँमा भिलवाडाका न्यायाधीश चन्द्रकुमार सोंगरा आउनेछन् । त्यस्तै न्यायाधीश खत्रीको ठाउँमा उदयपुरका अतिक्ति मुख्य न्यायिक मजिस्ट्रेट समरेन्द्र सिंह सिकारवार आउनेछन् ।

सन् १९९८ मा चलचित्र ‘हम साथ साथे हे’ छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com