सलमान खानले जमानत पाउन सकेनन्,आजको दिन पनि सलमानले जेलमै बिताउनु पर्ने निश्चित


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

कालो हरिण मारेको आरोपमा दोषी मानिएका बलिउड अभिनेता सलमान खानले शुक्रबार पनि जमानत पाउन सकेनन् ।

जोधपुरको सेसन्स कोर्टमा शनिबार फेरि यस मुद्धामा सुनुवाई हुनेछ । त्यसैले यो निश्चित छ कि आजको दिन पनि सलमानले जेलमै बिताउनु पर्नेछ ।

जोधपुरका स्थानीय पत्रकार नारायण बारेठका अनुसार जोधपु जिल्ला सत्र न्यायालयले शुक्रबार सलमानको जमानका बारेमा सुनुवाई थरे पनि तल्लो अदालतको रकर्ड नभएकाले शनिबारसम्म अर्को सुनुवाईका लागि पर्खनु पर्ने भएको हो ।

सलमान खानका वकिल महेश बोडाले जमानतका लागि आवेदन दिएका छन् । त्यसबेला सरकारी वकिल पनि उपस्थित थिए । तर अदालतले तल्लो अदालतको रेकर्ड नभएको भन्दै पूरा सुनुवाई गर्न सकेन ।

न्यायाधीशले दुवै पक्षलाई यस सम्बन्धमा पूरा फाइल उपलब्ध गराउन निर्देशन दिएको छ । ती फाइलको अध्ययनपश्चात नै न्यायाधीशले सलमानको जमानतका बारेमा फैसला सुनाउनेछन् ।

बिहीबार कालो हरिणको शिकार गरेको विषयमा न्यायाधीशले २ सय १ पृष्ठको लिखित फैसला सुनाएका थिए । फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले कालो हिरणको शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको छ ।

यही मुद्धामा सलमान खान यसअघि पनि ८ दिन जेलमा बसिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com