आकाशबाट रगतको वर्षा हुन थाल्यो, वैज्ञानिक पनि परे अन्योलमा


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

कैयौं पटक प्रकृतिले यस्तो रुप देखाउँछ जसलाई थाहा पाउन सकिँदैन ।

हरेक जसो विषयको उत्तर दिने विज्ञान पनि बेला बखतमा अन्योलमा पर्ने गरेको छ ।

यस्तै भएको थियो १७ वर्ष पहिला भारतको केरलामा । जसको वास्तविकता कसैले पनि थाहा पाएको छैन ।

हामी कुरा गरिरहेका छौं कि केरलमा भएको रगतको वर्षाको । ५ जुलाई २००१ केरलामा रातो रंगको वर्षा भएको थियो । यो रंगको वर्षाको रहस्य अहिलेसम्म थाहा हुन सकेको छैन ।

वैज्ञानिक आज पनि यस कुरालाई पत्ता लगाउन सकेका छैनन् की रातो वर्षा कसरी भयो । केरलाका मानिसका अनुसार यो वर्षा रगतको वर्ष थियो ।

जुन दिन केरलामा रातो वर्षात भयो ठीक त्यही दिन त्यहाँका मानिसले हरियो र पहेलो रंगको वर्षा देखेका थिए । जसभन्दा पहिला वैज्ञानिकलाई लागेको थियो कि फरक रंगको वर्षा हुनु स्वाभाविक हो । यो वर्षा प्रदुषणका कारण भएको हो । तर जब पानीको परीक्षण गरियो तब सबै हैरान भए ।

टेस्टमा पाइयोकी यो पानी मात्र थिएन यस पानीमा जीवनसमेत भएको पत्ता लाग्यो ।

पानीमा जीवन भएपछि डीएन पनि हुनुपर्ने भन्दै अनुसन्धान भयो । तर वैज्ञानिक यसमा असफल भए ।

जब यस रगत वर्षालाई लिएर २०१२ मा फेरि जाँच गरियो त स्याम्पलमा वैज्ञानिकले डीएनएको नमुना देखियो ।

यसपछि यसको सम्बन्ध एलिएन्ससँग भएको चर्चा सुरु भयो तर अहिलेसम्म पनि यो तथ्य पुष्टि भने हुन सकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com