जब अमेरिकाले रसियाको अन्तरिक्ष यान चोर्‍यो


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

आजभन्दा साठ्ठी वर्ष पहिले सीआईएका केही खास जासुसहरुलाई एक अत्यन्त गोप्य मिशन पूरा गर्नु थियो ।

त्यो मिशन थियो, रुसी अन्तरिक्ष यान लूनाको सम्पूर्ण भाग खोलेर त्यसको तस्वीरहरु लिने र फेरी त्यसलाई पहिले जसरी जोड्ने ताकि रुसी अधिकारीहरुलाई यसको खबरसमेत नपरोस् ।

यदी यो खबर सार्वजनिक भएमा सोभियत संघसँग अन्तरिक्ष दौडमा लागेको पश्चिमी संसारलाई ठूलो लाज हुने थियो ।

यस्तोमा मिशन महत्वपूर्ण थियो । र, यसलाई गोप्य राख्नु मिसनको अर्को महत्वपूर्ण पक्ष थियो ।

त्यसमाथि यो कामको सम्पन्न गर्न सीआईएका जासूसहरुलाई मात्र आठ घण्टाको समय थियो ।

यो मिशनलाई चार चरणमा बाँडेर पुरा गरिएको थियो ।

पहिलो चरण – अप्रशेनको योजना

संसारको पहिलो मानव निर्मित भू–उपग्रह ‘स्पुतनिक’ पृथ्वीको कक्षमा पठाएर सोभियत संघले लूना नामको महत्वकांक्षी परियोजना शुरु गरेको थियो ।

सन् १९५९ को सेप्टेम्बर महिनामा लूना–२ चन्द्रमाको सतहमा पुग्ने पहिलो मानव निर्मित अन्तरिक्ष यान बन्यो ।

यसको ठीक एक महिनापछि पहिले लूना–३ नामको अन्तरिक्ष यानले चन्द्रमाको पृथ्वीबाट नदेखिने भागको फोटो खिचेर इतिहास रचेको थियो ।

यही कारण सोभियत संघले सन् १९५९ देखि १९६० बीचमा आफ्नो औद्योगिक र आर्थिक प्रगति देखाउनको लागि अन्तर्राष्ट्रिय यात्रा शुरु गर्‍यो ।

यो यात्रामा सोभियत संघले आफ्नो अन्तरिक्ष यान लूनालाई पनि साथमा लिएको थियो ।

तर, के यो अन्तरिक्ष यान लूना थियो या त्यसको नक्कल मात्र थियो ?

सन् १९९५ मा सार्वजनिक भएको सीआईएको एक दस्तावेज अनुसार अमेरिकी विश्लेषकहरुलाई शंका थियो कि कतै सोभियत संघले आफ्नो यात्राको क्रममा असली लूनालाई लिएर त हिँडेको थिएन ? यस्तोमा यो जान्नका लागि एक अप्रेशनको योजना बनाइयो ।

यसपछि अमेरिकी जासूस एक दिन त्यो शहरमा पुगे जहाँ सोभियत संघको प्रचार–प्रसार कार्यक्रम चलिरहेको थियो ।

यो अन्तरिक्ष यानको बारेमा गहिरो अध्ययनको लागि यसलाई प्रदर्शनी हल बाहिर निकालेर हेर्नुपर्ने थियो । तर यसको पहरामा सोभियत संघको सुरक्षा गार्डहरुको सधैँ बाक्लो पहरा हुने गर्दथ्यो ।

यसपछि सीआईएले एक जासूसी फिल्मजस्तो योजना बनायो ।

दोश्रो चरण – लूनाको अपहरण

योजना अनुसार सीआईएका एजेन्टहरुले ‘लूना’को एक शहरबाट दोस्रो शहरमा हुने स्थानान्तरणमा ख्याल गरिरहे ।

सीआईए एजेन्टले यो सुनिश्चित गरे कि यो अप्रेशनको दिन अन्तरिक्ष यान अन्तिम ट्रकमा लगियोस् ।

यसपछि स्थानीय मानिसहरु जस्तै कपडा लगाएका अमेरिकी एजेन्टले अन्तिम स्टपमा ट्रकलाई रोकिदिए ।

आधिकारिक दस्तावेज अनुसार ‘त्यसपछि ट्रकको ड्राइवरलाई त्यो होटल पठाइयो जहाँ उनलाई रात बिताउनु थियो । यसपछि ट्रकलाई तुरुन्त एक स्क्र्याप यार्डमा लगियो जसलाई हतार हतारमा भाडामा लिइएको थियो ।

लगभग तीस मिनेटसम्म सीआईए एजेन्टहरुले सोभियत संघलाई यो घटनाको कुनै शंका पर्‍यो कि भनेर पुष्टि गर्नमै लगाए ।

यसपछि सीआईएका ती जासूसहरु त्यहाँ आए जसलाई वैज्ञानिक जानकारी हासिल गर्ने जिम्मेवारी थियो ।

तेस्रो चरण –अन्तरिक्ष यान खोलेर तस्वीर खिच्ने

यी जासुसहरुलाई थाहा थियो कि अन्तरिक्ष यान लूना बोक्ने कन्टेनर भित्रबाट बन्द थियो ।

कसैलाई थाहा नदिई छतबाट मात्र पस्न मिल्ने बाटो थियो । यस्तोमा तिनले डोरीको सहायताले भित्र जानुप¥यो । यसको साथ साथै तिनले आफ्नो कामलाई बाँड्नुप¥यो । दुई एजेन्टहरु इन्जिनको भागमा गए ।

त्यस्तै अन्य दुई एजेन्टहरु त्यो भागमा गए जहाँ विद्युतीय भाग थियो ।

यो दोश्रो भागमा सोभियत सील लागेको थियो ।

सीआईएको दस्तावेजहरुको अनुसार तिनले त्यो सील तोडर सीआईएको कार्यलयमा बनेको नक्कली सील लगाए ।

यो कन्टेनरमा फ्यासलाइटको प्रकाशको सहायताले सीआईए एजेन्ट्सले लूनाको मूख्य हिस्साहरुलाई निकालेर तिनको तस्वीर लिए र पहिले जस्तो थियो त्यसरी नै जोडिदिए ।

सीआईएको एक दस्तावेजमा भनिएको छ “हामीले आफ्नो सारा उपकरणहरु विहान ४ बजे सम्म जोडिसकेका थियौं ।”

यसपछि सोभियत गार्डहरु आउनू पहिले कार्गोलाई रेलवे यार्डसम्म पु¥याउने जिम्मेवारी ट्रकको वास्तविक ड्राइभरलाई दिइयो ।

सीआईएका अनुसार उसले सोभियत संघका अधिकारीहरुलाई त्यतिबेला तिनको अन्तरिक्ष यान एक रातको लागि अपहरण गरिएको थियो भनेर शंका भएको आजसम्म एउटा पनि संकेत पाइएको छैन ।

चौथो चरण –जानकारी हासिल गर्ने

सीआईएले यस अप्रेशनमा हासिल गरेको जानकारी अमेरिकाको लागि महत्वपूर्ण साबित भयो ।

यो पहिले सीआईएद्वारा सन् १९९४ मा जारी गरिएको अन्य दस्तावेजका अनुसार अमेरिकी जासुसहरुले इञ्जिन र तमाम अन्य हिस्साको आकार र वजन जान्न सक्षम भएका थिए ।

यसपछि अमेरिकालाई आफ्नो अन्तरिक्ष प्रविधिमा पुनर्विचार गर्ने मौका मिलेको थियो ।

तथापि केही वषभित्र सोभियत संघले यूरी गागरिनलाई अन्तरिक्षमा पु¥याउन सफल भयो ।

अमेरिकाको कुरा गर्ने हो भने सन् १९६९ अप्रिल २० मा आफ्नो अन्तरिक्ष यान अपोलो–११ बाट नील आर्मस्र्टङ्गलाई चन्द्रमामा पु¥याउन सफल भयो ।

बिबिसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com