विश्व अर्थतन्त्र चीनले ध्वस्त बनाएको अमेरिकाको अारोप


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

अमेरिकाबाट निर्यात हुने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा ह्वाइट हाउसले चीनको चर्को आलोचना गरेको छ। ह्वाइट हाउसले विज्ञप्ति जारी गरी बेइजिङले विश्व बजारलाई ध्वस्त पारेको आरोप लगाएको छ।

चीनले बंगुरको मासु, वाइनलगायतका एक सय २८ अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ। अमेरिकाले गरेको निर्णयबाट हुने असन्तुलन र आफ्नो हितलाई सुरक्षा प्रदान गर्न यस्तो कदम चालिएको चीनले जनाएको छ।

चीनको निर्णयबाट अमेरिकालाई करिब तीन अर्ब डलर बराबरको नोक्सानी हुने अनुमान छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गरेका थिए । चीनले अमेरिकासँग व्यापार युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने चेतावनी दिइसकेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com