नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको निधन


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको निधन भएको छ।

उनका श्रीमान जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको थियो ।

सोमबार दिउँसो विनी मण्डेलाको ८१ बर्ष को उमेरमा निधन भएको उनको पारीवारिक स्रोतले जनाएको छ ।

भूतपूर्व आर्चविशप तथा नोबेल पुरस्कार विजेता डेसमण्ड टुटुले रंगभेदवादी शासनविरुद्ध संघर्षको एक सुपरिचित प्रतीक भन्दै विनी मण्डेलाको प्रशंसा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रीमती मण्डेलाको जन्म सन् १९३६ मा दक्षिण अफ्रिकाको पूर्वी केपमा भएको थियो।

उनी केही समय जेल परेकी थिइन्। उनी विरुद्ध सन् असीको दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप लगाइएको थियो । तर उनले ती आरोपहरुको खण्डन गदै आएकी थिइन् ।

सन् १९९० मा मण्डेला लामो जेल जीवनबाट रिहा भएको केही वर्ष भित्रै उनीहरुको संबन्ध बिग्रियो ।

सन् १९९६ मा सम्बन्ध विच्छेदपछि पनि उनले पतिको थर छाडिनन् र आफ्ना पूर्व पतिसंग उनको भेटघाट कायमै थियो ।

पत्रकारसँगसंगको कुराकानीमा अफ्रिकी न्याशनल कँग्रेसका अध्यक्ष ग्वेद मन्टाशेले भने, ूउहाँले के सही छ र के गलत छ भनेर हामीलाई भन्नुहुन्थ्यो। हामीले अब उहाँको निर्देशन पाउने छैनौं।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com