बहुचर्चित चिनियाँ स्पेस स्टेशनको अवशेष दक्षिणी प्रशान्त क्षेत्रमा खस्यो


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

अमेरिका र चीनबाट प्राप्त रिपोर्टहरुले चीनको ‘टियान्गोङ्ग–१’ अन्तरीक्ष ल्याव दक्षिण प्रशान्त क्षेत्रमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ नष्ट भएको उल्लेख गरेको छ ।

खगोलवैज्ञानिक जोनाथन म्याडावले ट्वीट गर्दै ‘टियान्गोङ्ग–१’ ग्रीनबीच मिन टाइम अनुसार विहान ८ बजेर १६ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको बताएका छन् ।

१० मिटरको ‘विङ्गस्पान’ र आठ टन वजनको ‘टियान्गोङ्ग–१’ लाई सन् २०११ मा अन्तरीक्ष प्रयोगको लागि लन्च गरिएको थियो ।

अन्तरिक्ष पठाएर पृथ्वीको वायुमण्डलमा फर्केका मानब निर्मित बस्तुहरु मध्य यो कयैन गुणा ठूलो मानिएको थियो ।

अन्तरीक्षमा पठाइएको केहीपछि ‘टियान्गोङ्ग–१’ सँग चीनको सम्पर्क टुटेको थियो र यस कारणले यो मानवनियन्त्रण विनानै खसेको थियो।

यही कारण विज्ञहरुले यो अन्तरिक्ष स्टेशन कुनै बस्तीमाथि पनि खस्न सक्ने आशंका गरेका थिए ।

के थियो ‘टियान्गोङ्ग–१’ ?

चीनले सन् २००१ मा अन्तरिक्षमा यान पठाउन शुरु गरेका थियो र परीक्षणको लागि जनवरीमा यसलाई पठाइयो ।

यसपछि सन् २००३ मा चीनले अन्तरीक्षमा मान्छे पठायो । सोभियत संघ र अमेरिका पछि चीन अन्तरिक्षमा मान्छे पठाउने तेस्रो देश हो ।

सन् २०११ मा ‘द टियान्गोङ्ग– १’ बाट चीनले आफ्नो अन्तरीक्ष केन्द्रको कार्यक्रम शुरु ग¥यो । अन्य अन्तरीक्ष केन्द्रको हिसाबमा केही सानो यो केन्द्रमा अन्तरीक्षमा गएका वैज्ञानिकहरु केही दिन बस्नको लागि ठिक्क थियो ।

यसपछि चीनले आफ्नो पहिलो महिला अन्तरीक्ष यात्री लियू याङ्गलाई अन्तरिक्षमा पठायो ।

यसको दुई वर्ष पछि मार्च २०१६ मा यसले काम गर्न छाड्यो । त्यसबेला देखि नै अन्तरिक्ष क्षेत्रमा काम गर्नेहरु यसको खस्ने समय र स्थानको बारेमा चर्चा हुन थालेको थियो ।

यो भन्द अघि सन् १९७९ मा लगभग ८० टन वजनको ‘स्काइल्याव’ स्पेस स्टेशन पनि एक हिसाबमा अनियन्त्रित तरिकाबाट पृथ्वीमा खसेको थियो ।

त्यो समय त्यसको अवशेषको टुक्रा अस्टे«लियाका केही स्थानमा पाइएको थियो । तर त्यसले कसैलाई असर भने गरेन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com