वार्नरले रुँदै माफी मागे, अष्ट्रेलियाली क्रिकेटमा कहिल्यै नफर्किने घोषणा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

अष्ट्रेलियाली क्रिकेट कप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि र कहिल्यै नखेल्ने गरी पदबाट राजीनामा दिएका छन्।

बल टेम्परिङ विवादमा फसेका ३१ वर्षे वार्नरले आफूले गल्ती गरेको र अब कहिल्यै अष्ट्रेलियका लागि नखेल्ने घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा उनले रुदै उक्त घोषणा गरेका हुन्। वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए। साथै सबै समर्थकसँग माफी समेत मागेका छन् ।

उनलाई प्रधानमन्त्रीको निर्देशनमा एक वर्षको प्रतिवन्ध लगाइएको छ। दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नर मानिएको छ। यद्यपि, यसबारे छानविन जारी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com