किन गए किम जोङ अचानक चीन भ्रमणमा ,उत्तर कोरियालाई चीनबाट कति फाइदा?


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

उत्तर कोरियाली नेता किम जोङ उन अचानक चीन भ्रमण जानुले विश्वलाई नै हैरान बनाएको छ । उत्तर कोरियाको चीनसँग कति गहिरो सम्बन्ध छ भन्ने कुरा किमको यो भ्रमणबाट सावित हुन्छ ।

उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियासँग हुने भनिएको शिखर सम्मेलन भन्दा पहिले गरिएको यो भेटलाई विशेष मानिएको छ । यो भेटपछि अब किम जोङको अर्को कदम के हुन्छ र विश्व राजनीतिमा यसको कस्तो असर पर्छ भन्नेतर्फ मानिसहरुको ध्यान केन्द्रित भएको छ ।धेरैले किम जोङले सहि समयमा चीनको भ्रमण गरेको अभिव्यक्ति दिइरहेका छन् ।

यस्तैमा बीबीसीले पनि किम जोङले सहि समयमा चीनको भ्रमण गरेको जनाएको छ । दक्षिण कोरियामाथि लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्धमाथि चीनले सहमति जनाएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । गएको वर्ष प्योङयाङको भ्रमणमा आएका चिनियाँ दुतलाई उत्तर कारियाले फिर्ता पठाएको थियो । यस्तो हुँदा समेत चीनले उत्तर कोरिलाई सहयोग गरीरह्यो ।

उत्तर कोरियाका युवा नेता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न गइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिन पिङले आफूलाई तिरस्कृत गरेको महसुस गरिरहेका थिए ।

किम जोङको चलाख निर्णय
किम जोङले श्रीमतीसँग चीनको पहिलो विदेश भ्रमण गरेर चीनलाई खुशी बनाउन सफल भएका छन् । केही दिन अघि ट्रम्पले नयाँ विदेश मन्त्रीको नियुक्ति गरेका थिए । यस्तै किम जोङको चीन भ्रमण एक चलाखिपूर्ण निर्णय भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियालाई चीनबाट कति फाइदा
उत्तर कोरियाको अन्तर्राष्ट्रिय व्यापारमा झण्डै ९० प्रतिशत चीनको रहेको छ । चीनले खाद्यवस्तुसँगै तेल र औद्योगिक उपकरणको निर्यात धेरै मात्रामा गर्छ । उत्तर कोरियामाथि प्रतिबन्ध लागेको बेला चीनले सहयोग गर्दै आएको छ ।

तर केही महिनादेखि दुई देशबीचको सम्बन्धमा खटपट आएको थियो । चीनले केही महिना अघि उत्तर कोरियाबाट आयात हुने कोइलामा कमि ल्याउने घोषणा गरेको थियो । सबैभन्दा धेरै कोइला निर्यात गर्ने देश उत्तर कोरिया हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com