भारतमा सरकारी अनुगमन टोलीले पसलमा सिलबन्दी गरेको विरोधमा व्यापारीले गरे, बजार बन्द


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

चैत१४, काठमाडौं । सरकारी अनुगमन टोलीले पसलहरुमा शिलबन्दी गरेको विरोधमा व्यापारीहरुले भारतको राजधानी नयाँदिल्लीको बजार बुधबार बन्द गराएका छन् । यसका साथै व्यापारीहरुले रामलीला मैदानमा व्यापारीहरुको शक्ति प्रदर्शन पनि हुँदैछ ।

कनफेडरेशन अफ अल इन्डिया ट्रेडर्स ९क्याट० र व्यापारी एवं वर्कर्स एसोसिएशनको संयुक्त आयोजनामा बन्द तथा र्‍याली आह्वान गरिएको हो ।

 

सिल गरिएको विरोधमा दिल्लीका करिब २ हजार ५ सयभन्दा बढी बजारमा लाखौं पसलहरुको सटर बन्द गरिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसका साथै व्यापारीहरुले ठाउँ ठाउँमा र्‍याली निकाल्दै धर्ना र प्रदर्शन पनि गरिरहेका छन् । स्थानीयस्तरमा प्रदर्शन गरेपछि सबै ब्यापारीहरु रामलीला मैदानमा जम्मा भएर सिलबन्दीको विरोधमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

व्यापारीहरुले छोराछोरीलाई पढ्न समेत पठाएनन्

सरकारको विरोधस्वरुप व्यापारीहरुले बुधबार आफ्ना बालबच्चालाई स्कुल कलेजमा समेत पठाएका छैनन् । क्याटका महासचिव प्रवीण खण्डेवालले भनेका छन्, ‘हाम्रो उद्देश्य सरकारलाई यो सन्देश दिनु हो कि यदि एउटा पसल सिलबन्दी हुन्छ भने यसबाट २० घरको चुल्हो प्रभावित हुन्छ ।’

बुधबार दिल्लीका प्रमुख बजारहरु मसलन कर्नाट प्लेस, चाँदनी चोक, करोल बाग, सदर बजार, कमला मार्केट, चावडी बजार, कश्मिरी गेट, खारी बाबली लगायत बन्द छन् ।

सिमेन्ट, छड, हार्डवेयर, मेसिनरी, कागज एवं स्टेशनरी, रबर आदिसँग सम्बन्धित संगठनहरुले पनि बन्दमा समर्थन जनाएका छन् । साथै २० औद्योगिक क्षेत्र र २० हजार ढुवानी व्यवसायीहरुले पनि बन्दमा समर्थन जनाएका छन् ।

सीआईटीका संयोजक ब्रजेश गोयल र प्रमुख सुभाष खन्डेवालले दिल्ली बन्द ऐतिहासिक हुनेछ । उनीहरुका अनुसार यस बन्दमा सबै राजनीतिक दल, साना(ठूला सबै व्यापारी संघसंगठनहरुको समर्थन छ ।

केन्द्र सरकारले यस सिलबन्दीको विरुद्ध अध्यादेश ल्याउनुपर्ने बन्दकर्ताको प्रमुख माग छ । आन्दोलनरत व्यापारीहरुका अनुसार पछिल्ला तीन महिनामा दिल्लीका ४ हजार बढी पसलमा सिलबन्दी गरिएको छ । यसबाट हजारौं व्यक्तिको रोजगार बन्द भएको उनीहरुको भनाइ छ ।

२३ मार्चमा पनि दिल्लीका व्यापारीहरुले बन्दको आयोजना गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com