रुस विरुद्ध ‘ऐक्यबद्धताको असाधारण प्रदर्शन


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्।

मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच भएको सबैभन्दा गम्भीर कूटनीतिक संकट यो घटनाक्रमसँग विकास भइरहेको उनको विश्लेषण छ।

कूटनीतिक जित?

रुसी पक्षले अस्वीकार गरेपनि ब्रिटेनका साझेदारहरुले स्पष्ट रुपमा यो धारणालाई स्वीकार गरिसकेका छन् कि सोल्जबरीमा भएको हमलामा सैन्य-प्रयोजन स्तरको पदार्थ प्रयोग गरिएको कार्यमा रुसी राज्यकै संलग्नता रहेको धेरै सम्भावना छ।

संयुक्त राज्य अमेरिका तथा ईयू राष्ट्रहरुले रुसी कूटनीतिज्ञहरुलाई निष्का गर्न संयुक्त रुपमा आदेश दिनु ऐक्यबद्धताको एउटा असाधारण प्रदर्शन हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ईयूबाट ब्रिटेन औपचारिक रुपमा बाहिरिने – ब्रेक्जिटसम्बन्धी छलफलका कारण ब्रिटेन-ईयूबीचको सम्बन्धमा तनावहरु कायमै भए पनि ईयू देशहरुबाट यस्तो निर्णय लिइनु उल्लेखनीय रहेको मार्कसको विश्लेषण छ।

प्रधानमन्त्री टर्नबुल

 

यूरोपेली आयोगका प्रमुख डोनल्ड टुस्कको ‘थप यस्ता कारबाही अझै गरिन सकिने’ भन्ने टिप्पणी गरेका छन्।

प्रधानमन्त्री टरिजा मे का लागि यो एउटा महत्तवपूर्ण कूटनीतिक जित हो।

रासायनिक हमलाको विषयमा ब्रिटेनले उसका साझेदारहरुबाट मौखिक रुपमा बलियो समर्थन पाएपछि यो संगठित कारबाही पनि भएको छ।

साथै मस्कोप्रति ट्रम्प प्रशासनले कडा रबैया अपनाएको समेत देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com