पुटिन प्रशासनविरुद्ध ट्रम्पको कडा कदम, ६० रूसी कूटनीतिज्ञलाई देशनिकाला


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।
अमेरिकाले यसै सन्दर्भमा सिटलस्थित रूसी महाबाणिज्यदूतावासलाई बन्द गराउने पनि निर्णय गरेको छ ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीति अनुरुप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको जनाएको छ । निष्कासन भएका रूसी अधिकारीले आगामी एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने गरी अमेरिकाको योे निर्णय आएको नाम गोप्य शर्तमा अमेरिकी अधिकारीले बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उहाँको प्रशासन विरुद्ध अमेरिकी प्रशासनले गरेको यो महत्वपूर्ण र कडा कदम हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसी राष्ट्रपतिमा हालै निर्वाचित पुटिनलाई भण्डै एक हप्ता अघिमात्र फोनमार्फत वधाई ज्ञापन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समय स्क्रिपालको मुद्दाबारे कुनै प्रसङ्ग उठाउनुभएको थिएन ।

यसले कतै ट्रम्प क्रेम्लिन प्रशासनप्रति निकै नरम त हुनुभएको होइन भन्ने प्रश्न उब्जाएको थियो । यसै विषयमा बेलायतले यस पहिले नै २३ जना रसियाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने जर्मनी र फ्रान्सले पनि पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।

यसैगरी यूरोपेली यूनियनका सदस्य रहेका अन्य राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरुप कडा कदम चाल्न सहमत भएका ब्रसेल्समा भेला भएका इयू सदस्य राष्ट्रका नेताहरूले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com