अष्ट्रेलियास्थित नेपाली दूतावासले महोत्सवमार्फत सारा नेपालीलाई एकै ठाउँ जोडे


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै सन १९६६ बाट शुरु भएर नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएको छ । यसलाई मुर्तरुप दिन नेपाली राजदुताबास र काउन्सिलसँग बिभिन्न चरणमा घनिभूत छलफल हुँदै यो सफलता हासिल संभव भएको हो ।

काउन्सिल बिभिन्न स्कुल र स्थानीय संघसस्था परिचालन गरिएको थियो भने नेपाली दुताबासले न्यु साउथ वेल्स अन्तर्गत सिड्नी, वेरन्ज र एसिटि अन्तर्गत क्यान्भेराको नेपाली संघसंस्थासँग हातेमालो गरेका थिए ।

यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान बढाउने सामग्री बिधालयका बिद्यार्थीको सिर्जनामा कलात्मक ढंगले राखिएका थिए ।

सिटी काउन्सिलबाट निकालिएको झाँकीसहितको र्‍यालीमा नेपाली भेषभुषा, बुद्ध नेपालमा जन्मेका नारा, सगरमाथा, लुम्बिनीलगायत झल्कने सामग्री राखिएको थियो । हजारौको संख्यामा रहेका अष्ट्रेलियन र नेपाली सहभागी र्‍याली स्थानीय पार्कमा गएर महोत्सवका रूपमा परिणत भएको थियो ।

नेपाल चिनाउने र अष्ट्रेलियासँगको दुई देशबीच सम्बन्ध जोड्ने जनस्तरमा बलियो नाता गाँस्ने साथै नेपालको पर्यटन बिकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित कार्यक्रम अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र काउरा काउन्सिलका मेयर बिल वेष्टले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।

सो कार्यक्रममा अष्ट्रेलियाको पहिलो सगरमाथा आरोही र सबैभन्दा कम उमेरको आरोहीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदुत शेर्पाले नेपालको बिबिधता र बिबिधता भित्रको एकता नेपाली सुन्दरताको बर्णन गर्दै सबै अष्ट्रेलियावासीलाई नेपालको आथिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा आउनको लागि अनुरोध गर्नुभयो । साथै कार्यक्रम सफल पार्न भूमिका खेल्न हुने संघसंस्था, कलाकार, पत्रकार लगायत सम्पुर्णलाई राजदूत शेर्पाले धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाली सांस्कृतिक संगालोको अनुपम प्रस्तुती सहित राती अबेरसम्म चलेको थियो ।

नेपाली दुताबासको अग्रसरता र सक्रियतामा भब्य रुपमा नेपाल र नेपाली पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने यस किसिमको कार्यक्रम सफल भएको पहिलोपटक हो । कार्यक्रममा एनआरएन, अष्टेलिया, आदिबासी जनजाती महासंघ र अष्ट्रेलिया नेपलिज फ्रेन्डसिप सोसाईटीको प्रतिनिधिहरुले कार्यक्रम भव्य र सफल बनेको धारणा राख्नुभएको थियो । कार्यक्रममा ८५ प्रतिशत अष्ट्रेलियनहरुको सहभागिता रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com