क्याटलोनियाका पूर्व राष्ट्रपति पुजिमोन्ट हिरासतमा : विरोधमा विशाल प्रदर्शन


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

युरोपियन पक्राउ आदेश जारी गरिएपछि क्याटेलोनियाका पूर्व राष्ट्रपति काल्र्स पुजिमोन्टलाई जमर्नी पुलिसले गिरफ्तार गरेको छ।

स्पेनमा देशद्रोह र विद्रोहको आरोप लागेका पुजिमोन्टका वकिलले बताए अनुसार पुजिमोन्टलाई डेनमार्क हुदैं बेल्जियम फर्किने क्रममा गिरफ्तार गरिएको थियो ।

पुजिमोन्ट बिहिबार फिनल्याण्डको भ्रमणमा गएका थिए । फिनल्याण्डको प्रशासनले उनलाई गिरफ्तार गर्ने प्रयास गरेको सुइको पाएपछि उनले शुक्रबार नै फिनल्याण्ड छाडेका थिए ।

पछिल्लो वर्ष अक्टोबरमा क्याटेलोनियाको संसदले स्पेनबाट एक तर्फी रुपमा स्वतन्त्रता घोषणा गरेको थियो । त्यसबेला देखि पुजिमोन्ट बेल्जियमा स्वनिर्वासनमा बसिरहेका छन् ।

शुक्रकार उनको विरुद्धमा यूरोपियन पक्राउन आदेश पुनः जारी गरिएको थियो ।

स्पेनमा उनी माथि देशद्रोह र विद्रोहको आरोप प्रमाणित भएमा उनलाई ३० वर्षको जेल सजायँ हुनेछ ।

जमर्नीका प्रहरीले बताएका छन् कि पुजिमोन्टलाई डेनमार्क–जर्मनी सीमा नजिक उत्तरी राज्य श्लीस्वी होजटाइनमा राजमार्ग अनुगमन गर्ने प्रहरीको समूहले पक्राउ गरेको थियो ।

विरोधमा क्याटोलिया क्षेत्रमा विशाल प्रर्दशन
आइतबार पुजिमोन्टको पक्राउको विरोधमा क्याटेलोनिया क्षेत्रका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

सो क्रममा प्रदर्शनकारी र पुलिसबीच भएको झडपमा ८९ जना मानिस घाइते भएका छन् । प्रहरीले चार जना प्रदर्शनकारी पक्राउ परेको जानकारी दिएको छ । बार्सिलोनामा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले “राजनैतिक बन्दीहरुलाई मुक्त गर” र “यो युरोप लज्जास्पद भएको छ !” नारा लगाएका थिए । भिड युरोपेली आयोग र जर्मन बाणिज्यदुतावास तर्फ बढेको थियो ।

स्पेनी सामाचर एजेन्सी इफेले बासिलोनामा भएको प्रदर्शनमा ५५,००० मानिसहरु रहेको अनुमान गरेको छ ।

पुजिमोन्ट कुनै समय मेयर रहेका गिरोना शहरमा पनि सानो विरोध कार्यक्रम आयोजना गरिएको थियो ।

केही प्रर्दशनकारीहरुले विभिन्न स्थानमा सकड अबरुद्ध गरेका थिए ।

शुक्रबार नै क्याटोलोनियाको लागि राष्ट्रपति पदको नयाँ उमेद्वार जोर्डी दुरुलियालाई पक्राउ गरिएको थियो । यसले क्याटोलेनियामा स्थीति तनाबपूर्ण बनेको थियो । पुजिमोन्टको पक्राउले यसमा आगोमा घिउ थप्ने काम गरेको छ ।

जोर्डि दुरुलियालाई स्पेनको सर्बोच्च अदालतको निर्णयमा पक्राउ गरिएको थियो । स्पेनको सर्बोच्च अदालतले शुक्रबार क्याटोलोनियालाई अलग राष्ट्र बनाउने आन्दोलनका २५ प्रमुख नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको थियो । यो आदेशलाई क्याटोलोनियाको स्वतन्त्रता आन्दोलनको विरुद्ध एक गम्भिर धक्का मानिएको छ । लगभग पुरै नेतृत्वलाई अब ठूलो कानुनी लडाई लड्नुपर्छ ।

अघिल्लो वर्ष भएको जनमत सङ्ग्रहले स्पेनबाट अलग हुने पक्षमा मत आएपछि त्यहाको संसदले त्यसलाई अनुमोदन गरेको थियो । त्यसपछि स्पेनको केन्द्रीय सरकारले क्याटोलोनिया सरकारलाई बर्खास्त गरेर केन्द्रको शासन लागु गरेको थियो ।

त्यसको केही समयपछि भएको चुनावमा पुन स्वतन्त्रता पक्षधरकै सरकार बन्ने हिसाबले मत परिणाम आएको छ । तर केन्द्र र क्याटोलोनियबीचको तनाबले हालसम्म सरकार गठन हुन सकेको छैन । यही क्रममा शुक्रबारको सर्बोच्चको निर्णय आएपछि स्थीति तनाबको दिशा लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com