पूर्वी युरोपमा सुन्तला रङ्गको हिमपात


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रङ्गको हिमपात भएपछि अचम्ममा परेका छन् ।

रूस, बुल्गेरिया, युक्रेन, रोमानिया र मोल्डोभामा सुन्तले रङ्गको हिमपात भएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् । मौसमविद्हरूले भने सहारा मरुभूमि क्षेत्रबाट आएको आँधी र वर्षा मिसिएर सुन्तला रङ्गको हिमपात भएको भन्दै अचम्ममा नपर्न आग्रह गरेका छन् ।

यसअघि पनि हरेक पाँच वर्षको अन्तरालमा सुन्तला रङ्गको हिमपात हुने गरेकोमा यसपटक भने हिउँमा बालुवाको मात्रा अधिक भएको बीबीसीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com