हवाई आक्रमणमा २४ घण्टामा कम्तीमा ७१ विद्रोही लडाकूको मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

चैत १०, काबुल। अफगानी सरकारी फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तीमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । ‘सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा १४ जना इस्लामिक स्टेट ९आइएस० समूहका लडाकू सहित ७१ विद्रोहीको मृत्यु भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सरकारले यहाँका ३४ प्रान्तभर विभिन्न ७० किसिमका बिशेष सुरक्षा कारबाही सञ्चालन गरिएको र यसबाट तालिवान तथा इश्लामिक विद्रोहीलाई निकै कमजोर बनाउन सफलता मिलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कारबाहीका क्रममा अफगानिस्तानमा आइएसको संगठन विस्तारमा सहयोग गर्दै आएकी एक महिला लडाकू पक्राउ गरिएको जनाइएको छ ।

उक्त क्रममा अफगानी राष्ट्रिय सेनाले सहयोगका लागि विभिन्न ७० उडान र १४ राउन्ड हवाई आक्रमण गरेको सरकारी पक्षले जनाएको छ । यस बिषयमा तालिवान तथा आइएस समूहले कुनै प्रतिक्रिया दिइनसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com