अमेरिका र चीनबीचको ‘ट्रेड वार’ के हो, यसको असर के हुन्छ ?


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

दुनियाँको सबैभन्दा शक्तिशाली दुई अर्थव्यवस्था चीन र अमेरिकाबीच ‘टे«ड वार’ हुने आशंकाले अर्थशास्त्री र शेयरबजारमा खलबली मच्चिएको छ ।

अमेरिकाले चीनबाट आयात हुने समानमा शुल्क लगाउने निर्णय गरेपछि चीनले पनि त्यस्तै निर्णय लिन सक्ने संकेत दिएको छ ।

चीनले भनेको छ, ‘उ कुनै पनि स्थितिका लागि तयार छ ।’

तर, ट्रेड वार वा संरक्षणवाद के हो ? यसले तपाईंलाई कसरी प्रभावित गर्छ ?
‘ट्रेड वार’ के हो ?
ट्रेड वारलाई कारोवारमार्फत हुने युद्ध भन्न सकिन्छ । कुनै अर्को युद्धजस्तो एक अर्कामाथि हमला र प्रतिहमला गरिन्छ । तर, यसमा हतियारको ठाउँमा करलाई प्रयोग गरेर विदेशी सामानलाई निशाना बनाइन्छ ।

यस्तोमा  एक देशले अर्को देशबाट आउने सामानमाथि शुल्क अर्थात कर बढाउँछ  । अर्को देश पनि जवाफमा यस्तै गर्छ । यसले दुवै देशको अर्थव्यवस्था प्रभावित हुन्छ र दुई देशवीच राजनीतिक टकराव बढ्छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मान्छन् –टे«ड वार साधारण र राम्रो छ, उनी यो कर बढाउने निर्णयमा पछाडि हट्दैनन् ।

तर, टैरिफ को हो ?
टैरिफ ट्याक्स अर्थात करको यस्तो रुप हो, जुन विदेशमा बन्ने सामानमा लाग्छ ।

सैद्धान्तिक रुपमा विदेशी सामानमाथि कर बढाउनुको अर्थ हुन्छ, सामान हंगो हुन्छ र थोरै मानिसहरु किन्छन् ।
यस्तो गर्नुको पछाडि विदेशी समानमा धेरै कर लगाएपछि मानिसहरुले मंहगो भएका कारण किन्न छाड्छन् र स्वदेशी समान प्रयोग गर्छन् । जसले घरेली अर्थव्यवस्थालाई फाइदा पुग्छ ।
ट्रम्प यस्तो के गर्दैछन् ?
अमेरिकी राष्ट्रपति अर्ब डलरको चिनियाँ सामानमाथि कर लगाउँदैछन् ।

अमेरिका यो कदम कथित तरिकाले केही बर्षदेखि भएको ‘इन्टलेक्चुल पोप्रटी चोरी’ को बदलामा उठाउन लागेको हो ।

किनभने चीनमाथि ‘इन्टलेक्चुल पोप्रटी चोरी’ गर्ने अर्थात मौलिक डिजाइन र विचार आदिको चोरी गर्ने गरेको आरोप छ ।

ह्वाइट हाउसले भनेको छ, ‘उसँग १०० भन्दा धेरै उत्पादकको सूचि छ, जुनमा २५ प्रतिशत अतिरिक्त कर लगाउन सकन्छि ।’

यद्यपी यस्तो हुनुभन्दा अगाडि कम्पनीहरुलाई आफ्नो कुरा राख्ने मौका मिल्नेछ ।

ट्रम्पले आफ्नो चुनाव प्रचारमा अमेरिका व्यापारिक घाटा समाप्त गर्ने कुरा निकै जोडका साथ उठाएका थिए ।

ट्रम्प यो कुरा मान्छन कि यस्तो कदमले अमेरिकामा हुने उत्पादनको नोक्सान हुन्छ । उनले कैयौं पटक ट्वीटर मार्फत यसलाई रोक्ने कदम उठाउने कुरा गर्दै आएका छन् ।

ट्रम्प आफ्नो यो कदमबाट उत्पादक राज्य जस्तै ओहायोमा मतदातालाई लोभ्भाउने कोशिष पनि गर्न सक्छन् ।

व्यापारिक घाटा के हो ?
दुई देशको बीच आयात र निर्यातमो जो अन्तर हुन्छ, त्यसलाई टे«ड डेफिसिट या व्यापारिक घाटा मानिन्छ ।
अमेरिका र चीनबीच ठूलो व्यापार घाटा छ । यसको मतलव यो हो कि चीन अमेरिकाको ठूलो मात्रामा आफ्नो सामान वेच्छ । तर, चीनले अमेरिकाबाट निकै कम मात्रामा समान खरिद गर्छ ।

गत बर्ष यो अन्तर ३७५ अरब डलरको थियो । ट्रम्प यसबाट कतै पनि खुसी छैनन् ।

उनी यो व्यापार घाटा कम गर्न चाहन्छन् र यसकालागि उनी गर या मरको सहयोग लिन चाहन्छन् ।
केही धनी देश हालैका दिनमा उत्पादक देश भन्दा सेवाक्षेत्रका रुपमा अगाडि भए ।
अमेरिकाले २०१७ मा २४२ अरब डलरको सेवा निर्यात गरेको थियो, जसमा बैंकिक, ट्राभल र पर्यटन क्षेत्र पनि थियो ।
अमेरिकी अर्थव्यवस्थामा सेवा क्षेत्रको योगदान ९० प्रतिशत छ । चीन आफू चाहिँ उत्पादनमा अब्बल छ ।
यस्तोमा ट्रम्पको व्यापार घाटाको विषय मानिसले कम बुझ्छन्  किनभने आलोचक ट्रम्प प्रशासनको यो बयानलाई संरक्षणवादको तरिकाले हेर्छन् ।

संरक्षणवाद के हो ?
जब सरकार आफ्नो देशको उद्योग बढाउनका लागि विदेशी सामानमाथि केही किसिमका प्रतिबन्ध लगाउँछ, सरकारकै यसै कदमलाई संरषणवाद भनिन्छ ।
ट्रम्पले स्टील र एल्युमिनियमको क्षेत्रमा टैरिफ लगाएका छन् ।

ट्रम्पले चीनमाथि लगाए ६० अरब डलरको शुल्क
आफ्नो हालैको कदम भन्दा पहिला ट्रम्पले मार्चको शुरुवातीमा चीनका विरुद्ध सवै स्टील आयातमा २५ टैरिफ र एल्युमिनियममा १० प्रतिशत टैरिफ लगाएका थिए ।
ट्रम्प प्रशासनको दावी छ कि, अमेरिका धातुका लागि अरु देशमा निर्भर छ र यदि युुद्ध भयो भने आफ्ना उद्योगले धेरै हतियार बनाउन सक्दैनन् ।
तर, आलोचकको भनाई छ कि, अमेरिका आफ्नो धेरै भन्दा धेरै स्टील क्यानडा र यूरोपियन संघबाट लिन्छ, जो अमेरिकाको असली साथी हुन् ।
सैद्धान्तिक रुपमा विदेशी स्टील र एल्युमिनियममाथि टैरिफ लगाएपछि अमेरिकी कम्पनी स्थानीय कम्पनीबाट स्टील खरिदनेछन् ।
यस्तो मानिएको छ कि, यसबाट अमेरिकारका स्टील र एल्युमिनियम कम्पनीलाई फाइदा पुग्छ, किनभने धेरै जसो कम्पनी देशी कम्पनीबाट यी उत्पादन किन्नेछन् । यसले स्टील र एल्युमिनियम कम्पनीलाई फाइदा हुनेछ ।


तर, साच्चै यस्तो हुन्छ ?
यो सम्भव छ कि, यसले अमेरिकी कम्पनीलाई फाइदा हुन्छ र केही नयाँ रोगजारी पनि थपिनेछन् ।
तर, कार र हवाई जहाज बनाउने कम्पनी, जसलाई कच्चा पर्दाथको जरुरत हुन्छ, त्यसको उत्पादन खर्च बढ्न सक्छ ।
यसको मतलव यो हो कि कम्पनीको आफ्नो अन्तिम उत्पादनको मुल्य बढाउनुपर्छ । यसले आम उपभोक्तालाई नोक्सान हुन्छ ।
यस्तोमा अमेरिकामा कार, गैजेट्स, हवाई टिकट र बीयरको मुल्य बढ्न सक्छ ।

तपाईंलाई कसरी प्रभावित गर्छ ?
अमेरिकाको यो कदम पुरै विश्वलाई प्रभावित गर्न सक्छ, किनभने चीनले पनि यस्तो फैसलाको जवाफ दिने बताइसकेको छ ।
दुनियाँको दोस्रो ठूलो अर्थव्यवस्था चीन अमेरिकाको कृषि र औद्योगिक उत्पादनजस्तै सोयाबीन, कटन, पोर्क, कार, स्टीलपाइपमा कर लगाउने योजना बनाईरहेको छ ।
सैद्धान्तिक रुपमा चीनले अमेरिकी प्रविधि कम्पनी जस्तै एप्पलमाथि पनि कर लगाउन सक्छ, जसले एप्पलको उत्पादनको मुल्य बढाउन सक्छ ।
अहिले स्टीलमा यूरोपेली संघ, अर्जेन्टिना, अस्टे«लिया, ब्राजील, क्यानाडा, मेक्सिको र दक्षिण कोरियालाई राहत छ । तर, हालैको ट्रेडवारमा दुनियाँभरका कम्पनीलाई काम गर्न कठिन हुनेछ । उनीहरुले आफ्नो उत्पादनको मुख्य बढाउनेछन् ।

यस्तोमा मुक्त व्यापार राम्रो हो ?
यो प्रश्नको जवाफ यसमा निर्भर गर्छ कि, तपाईं कोसँग सोधिरहनु भएको छ । मुक्त व्यापार संरक्षणवादको उल्टो छ । यसको मतलव यो हो कि उत्पादनमा थोरै भन्दा थोरै कर लगाउनmे जसले विश्वभार मानिसहरु सस्तो मुल्यमा राम्रो समान किन्न पाउन ।

यसबाट ती कम्पनीको फाइदा हुन्छ, जो लागत कम गर्ने कोशिष गर्छन् । यसले विश्वको अर्थव्यवस्थालाई फाइदा पुग्छ ।
मुक्त व्यापारले कार, स्मार्ट फोन, खाद्य उत्पादनदेखि पूmलजस्ता उत्पादन तपाईंको घरसम्म पुर्याएको छ ।
यसो सीधा मतलव यो हो कि यस्तो उत्पादन बनाउने कम्पनी देशी कम्पनीबाट कच्चा पदार्थ कम खरिद गर्छन् ।
तर, यदि विदेशी सामान सस्तोमा पाइन्छ भने त्यो विकल्प पनि खुला नै हुन्छन् ।
यसको असर यो हुन्छ कि समृद्ध देशमा नोकरीको कमी हुन्छ र असामन्य बृद्धि हुन्छ । यद्यपी मुक्त व्यापारले केही मानिसलाई धनी बनाएको छ । केही मानिसलाई गरिव बनाएको छ ।

कसरी अन्त्य होला ट्रेड वार ?
यसबारेमा कसैलाई थाहा छैन । इतिहासकारका अनुसार बढेको करले अक्सर उपभोक्तले समानको मुल्य बढ्छ ।

अर्थशास्त्री ट्रम्प प्रशासनको यो कदमका विरुद्ध छन् ।

रिपब्लिकन पार्टी पनि यस मुद्दामा ट्रम प्रशासनको विरुद्ध छ । उ मुक्त व्यापारको समर्थन गर्छ ।

ट्रम्पद्धारा चीनका विरुद्ध कदम उठाएपछि दुई देशबाहेक दुनियाँभरमा नोक्सान भएको छ ।

दुनियाँका दुई ठूला अर्थव्यवस्थाका वीचको यो टे«ड वार राम्रो संकेत दिदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com