सिरिया आक्रमणको छानविनका लागि छुट्टै संयन्त्र बनाउन माग


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानविन गर्न छुट्टै संयन्त्रको माग गरेका छन् ।

सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार उनीहरुले सरोकारवालालाई जिम्मेबार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका हुन् ।

परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा अन्तरराष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न मंगलबार छुट्टै संयन्त्रका बारेमा छलफल गरेका छन् ।

रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने ती राष्ट्रहरुको जोड थियो ।

मार्च महिनामा परिषद्को अध्यक्षता गर्नुभएका राष्ट्रसंघका लागि डेनमार्कका राजदूत कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नमाथि खोजी र कारबाही गर्नुपर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com