पदावधि सकिन दुईदिन पनि बाँकी नरहदै एफबीआई कार्यकारी निर्देशक बर्खास्त


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले एफबीआईएका कार्यकारी निर्देशक एन्डु्र म्याक्केबलाई पदावधी सकिनु अगाडि नै बर्खास्त गरेका छन् । उनको पदावधी आइतबार सकिदै थियो ।

म्याक्केबलाई शुक्रबार अबेर पदबाट बर्खास्त गरिएको हो । राष्ट्रपति ट्रम्पले केहीदिन अगाडिदेखि उनको खिल्ली उडाउदै आएका थिए । म्याकेब आइतबार उनको ५० औं जन्मदिनमा रिटायर्ड हुन लागेका थिए ।

पदावधि सकिन दुईदिन पनि बाँकी नरहदै उनलाई गरिएको बर्खास्तीले उनको पेन्सनमा असर पर्नसक्ने बताइएको छ । यो बर्खास्तीपछि झण्डै २ दशक सेवा गरेबापत पाउने पेन्सन उनले नपाउने आशंका रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com