अमेरिकामा पुल भत्कदा ६ को मृत्यु, भत्कनुअगाडिको चेतावनी भत्केपछि सुनियो


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

अमेरिकाको मायामीमा ६ जनाको ज्यानलिनेगरी बिहिबार भत्केको पुलको डिजाइन गरेका इन्जिनियरले पुल खतरायुक्त रहेकोबारे मंगलबार नै यातायात विभागमा भ्याइसमेल छाडेको तर उक्त भ्वाइसमेल भने पुल भत्किसकेपछि  मात्र सुनिएको खुलासा भएको छ । कर्मचारी मंगलबार बाहिरको कामका लागि निस्केकाले शुक्रबारमात्र कार्यालय फर्केर भ्वाइसमेल सुनेका थिए । त्यतीबेलासम्म पुल भत्केर ६ जनाको ज्यान लिइसकेको थियो ।

अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा ६ जनाको मृत्यु भएको  थियो ।फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुल खस्दा कैयन बम पड्केजस्तो आवाज आएको थियो । उक्त पुलको निर्माण शनिबार पुरा भएको थियो तर त्यो पैदल यात्रुका लागि खुल्ला गरिएको थिएन।

९ सय ५० टनको आकाशे पुल भत्किदा कैयौँ सवारी साधनहरू क्रंकिटको भग्नावशेषमा पुरिएका थिए। फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीहरूले त्यहाँ रहेको ६ लेनको मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भनेर उक्त पुल बनाइएको थियो। यातायत सेवा प्रभावित नहुने गरी द्रूत रुपमा निर्माण गर्न मिल्ने अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com