देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु । रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुदैछ ।

रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पनि उम्मेदवार हुनुभएको छ । उहाँसहित उक्त निर्वाचनमा अरु सातजना उम्मेदवार रहेका छन् ।

मतदाताहरुलाई शुक्रबार गर्नुभएको एक विशेष सम्बोधनका क्रममा उहाँले भन्नुभयो– प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस् ।

उहाँले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि सोही सम्बोधनका क्रममा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको छ भन्दै रुस, यहाँका बालबालिका र सबै नागरिकको भविश्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्दछ भन्नुभयो ।

देशको आर्थिक विकास ठूलो उपलब्धि

यसैबीच अर्काे एक सम्बोधनका क्रममा उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास विगतका वर्षहरुको तुलनामा लगभग दोब्बर भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि पनि देशको आर्थिक विकास नै हो भन्नुभएको प्राप्त सो समाचारमा जनाइएको छ ।

राष्ट्रपति पुटिनले भन्नुभयो– देशको ठूलो उपलब्धि भनेको यस अवधिमा देशको अर्थतन्त्रमा वृद्धि गर्नु पनि हो र यसलाई रुसी जनताले प्रत्यक्ष अनूभूति गरेका छन् भन्ने हामीले ठानेका छौँ ।

रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको छ, यो गएका केही वर्षयताको नै एक ठूलो उपलब्धि हो– उहाँले बताउनुभयो ।

यही आर्थिक वृद्धिका कारण नै रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा पनि कमी आएको दाबी उहाँले गर्नुभयो । देशमा उल्लेखनीय रुपमा आर्थिक विकास भएको महसुश रुसी नागरिकले पनि गरेका छन्– उहाँले भन्नुभयो ।

रुसको सरकारले देशमा गरिबी कम गर्नका लागि गरिब र धनीबीचको अन्तर पनि घटाउने काममा सरकार लागिपरेको सो सम्बोधनका क्रममा उहाँले बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com