रुसको एक विमानस्थलमा आकाशबाट सुन, हीरा बर्सिन थालेपछि…


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

चैत २, रुस । तपार्इंले आकाशबाट माछा, गड्यौला आदि खसेको खबर त सुन्नुभएको थियो होला। तर, सुन, हीराजस्ता बहुमूल्य धातु बर्सिएको सायदै सुन्नुभएको होला। रुसको एक विमानस्थलमा यस्तै घटना घट्यो। आकाशबाट धमाधम सुन, हीरालगायत बहुमूल्य धातु बर्सिन थाल्यो। विमानस्थलका कर्मचारीहरु छक्क परेर हेरेको हेर्‍यै भए। पछि बुझ्दा यो कुनै आश्चर्यजनक घटना थिएन। विमानमा भएको प्राविधिक गडबडीका कारण आकाशबाट बहुमूल्य धातु बर्सिएका थिए। याकुस्क विमानस्थलबाट उडान भरेको केही छिनमै निम्बुस एयरलाइन्सको कार्गो विमानबाट सुन, हीरालगायत बहुमूल्य धातु बर्सिन थालेको थियो। उडान भरिरहको उक्त विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब तीन हजार किलो सुन, हीरा लगायत बहुमूल्य धातु खसेको थियो। विमानमा भएकोमध्ये एक तिहाइभन्दा बढी बहुमूल्य धातु त्यसरी खसेको अधिकारीहरुको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए। अधिकारीहरुका अनुसार ढोका खुलेपछि विमानलाई करिब १२ किलोमिटर पर एउटा गाउँमा आपतकालीन अवतरण गराइएको थियो। विमानका चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ। विमानस्थल रन–वे बन्द गरेर धातुक खोजीमा एक टोली परिचालन गरिएको छ। विमानबाट रन–वेमा खसेको बहुमूल्य धातुका भिडियो र तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ। एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com