बिहिवार विमान दुर्घटना हुनबाट बच्यो, सेफ ल्याण्डिङ, भाग्यमानी २९८ यात्रुको ज्यान बच्यो !


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, लखनउ । साउदी एयरलाइन्सको एस वी-891  विमान लखनऊको चौधरी चरण सिंह एयरपोर्टमा बिहिवार दुर्घटना हुन खोज्दा खोज्दै बचेँको छ ।

जेद्दा बाट लखनऊ आइरहेको विमानमा टेक्निकल कारणले प्रेसर कम भएको थियो । उक्त समस्याको बाबजुद पनि उक्त विमानलाई सेफ ल्याण्डिङ गरिको भारतीय मिडियाले उल्लेख गरेको छ ।

विमानको टायरमा हवाको दबाब अचानक कम भएको र पाईलटको सुझबुझ र एयरपोर्टको समझदारीबाट उक्त विमानलाई सेफ ल्यान्डिङ गर्नमा सफल भएका छन् । विमानमा सवार २९८ यात्रुहरुको ज्यान बचेँको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com