अमेरिकी सिआइएको निर्देशकमा पहिलो पटक महिला नियुक्त


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

फागुन ३०, अमेरिकी जासुसी संस्था९सिआइए०को निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । सिआइएमा जिना हास्पेललाई नियुक्त गरिएको हो ।

सिआइएकी सहनिर्देशक हास्पेललाई निर्देशकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन् ।

सिआइएका निवर्तमान निर्देशक माइक पम्पेओलाई विदेशमन्त्री बनेपछि रिक्त स्थानमा जिना नियुक्त भएकी हुन् । ६१ वर्षीया जिनाले ३३ वर्षअघि सिआइएमा जागिर सुरु गरेकी थिइन् ।

गत वर्ष ट्रम्पले उनलाई सिआइएकी सहनिर्देशक नियुक्त गरेका थिए । अमेरिकी बन्दीगृहहरूमा दिइएको यातनामा भूमिका रहेको भन्दै डेमोक्र्याटहरुले उनको विरोध गरेका थिए ।

उनको नियुक्ति अमेरिकी सिनेटले अनुमोदन गनुपर्नेछ । उनको ३३ वर्षे जागिरको दौरानमा धेरै वर्ष जासुसीमा बिताएकी छन् । यसअघि उनले आतंकवादविरुद्ध लड्ने विभागको पनि नेतृत्व गरिसकेकी छिन् ।

जिना सन् २००२ मा थाइल्यान्डको ब्ल्याक साइट जेलमा प्रमुख थिइन् । सिनेटमा उनलाई ब्ल्याक साइट जेललगायत ठाउँमा बन्दीहरुलाई दिएको यातनाबारे प्रश्न सोधिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com