ट्रम्पले यसकारण गरे अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् । टिलरसनका ठाउँमा ट्रम्पले सीआईएका निर्देशक माइक पोम्प्योलाई नियुक्त गर्ने जनाइएको छ । सीआईएका उप निर्देशक जिना हास्पेललाई सीआईएका निर्देशकका नियुक्त गर्ने तयारी भइरहेको छ ।

मंगलबार विहानै ट्रम्पले विदेशमन्त्रीलाई बर्खास्त गरेका हुन् । ट्रम्पले अब टिलरसन अझ बढी खुशी हुने भन्दै टिलरसनको सेवाको प्रशंसा गरेका छन् । टिलरसनले यसबारे ट्रम्पबारे कुराकानी नगरेको जनाइएको छ आफूलाई बर्खास्त गर्नुको कारणबारे पनि उनलाई थाहा नभएको जनाइएको छ ।

टिलरसनलाई बर्खास्त गरिएको ट्रम्पले ट्वीटमार्फत सार्वजनिक गरेका थिए । केहीसमय यता ट्रम्प र टिलरसनबीच तनाब बढ्दै गएको थियो । खासगरी टिलरसनले ट्रम्पलाई मुर्ख भनेको सार्वजनिक भएपछि ट्रम्प र टिलरसनबीचको कलह बढेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com